29.1 C
Kathmandu
 

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ४४ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबारका लागि एक लाख ४५ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार प्रतितोला एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४४ हजार सात सय निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ९० रुपैयाँ निर्धारण भएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर