22.4 C
Kathmandu
 

रूसी कुस्ती खेलका ‘पहलवान’द्वारा ओलम्पिकको निमन्त्रणा अस्वीकार

यस ग्रीष्मकालीन ओलम्पिक खेलहरूमा भाग लिन अनुमति दिइएका रूसी कुस्ती खेलाडीहरूले निमन्त्रणा अस्वीकार गरेको रूसी कुस्ती महासङ्घले जनाएको छ ।

युक्रेनमा मस्कोको सैन्य आक्रमणको कारण सुरुमा खेलहरूबाट प्रतिबन्ध लगाइएपछि, अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) का कडा सर्तहरू पूरा गरेमा केही रूसी खेलाडीहरूलाई तटस्थ झण्डामुनि भाग लिन अनुमति दिन सकिने बताएको थियो ।

रूसको राष्ट्रिय महासङ्घले शनिबार योग्यता परीक्षणमा उत्तीर्ण भएका कुस्ती खेलका १० पहलवानले आईओसीको विरोधमा खेल बहिष्कार गर्ने बताएको हो ।

महासङ्घले विज्ञप्ति जारी गर्दै सहभागिताबारे भनेको छ, “हामी योग्य खेलाडीहरूको सूची बनाउँदा अन्तर्राष्ट्रिय ओलम्पिक समितिलाई मार्गदर्शन गर्ने गैर–खेलकुद छनौट सिद्धान्तलाई स्वीकार गर्दैनौँ । यसको उद्देश्य हाम्रो टोलीको एकताको सिद्धान्तलाई कमजोर पार्नु हो ।”

महासङ्घको कार्यकारी समिति, प्रशिक्षक र कुस्ती खेलाडीहरू ओलम्पिक खेलहरूमा भाग लिन अस्वीकार गर्ने सर्वसम्मत निर्णयमा आएको थियो ।

पेरिसमा प्रतिस्पर्धा गर्न चाहने रूसी खेलाडीहरूले युक्रेनमा रूसको सैन्य आक्रमणलाई समर्थन नगर्ने र देशको सशस्त्र सेनासँग कुनै सम्बन्ध नभएको देखाउनुपर्छ ।

रूसी अधिकारीहरूले बारम्बार आईओसी नीतिको आलोचना गरेका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर