22.1 C
Kathmandu
 

गायक किरण चापागाँइको सारङ्गी,प्रदेशी र म सार्वजनिक – भिडियो सहित

गायक किरण चापागाँइको नयाँ सिर्जना सारङ्गी,प्रदेशी र म भर्खरै सार्वजनिक भएको छ । बहुप्रतिभाका धनि गायक किरण चापागाँइले फरक खालका मौलिक सिर्जनाहरु प्रस्तुत गर्दै आईरहेका छन ।
केही बर्ष अगाडी गाउँ गाउँमा गई बिशेष गरेर गन्धर्व जातीका कलाकारहरुले सारङ्गी रेटेर समाजका यथार्थ घटनाहरुलाई गितको रुपमा प्रस्तुत गर्ने गर्दथे । आजभोली निकै कम संख्यामा गन्धर्व कलाकारहरुले गाउँ गाउँमा गएर गित गाउने गरेको पाईन्छ । तिनै गन्धर्व कलाकारहरुको झझल्को आउने गरी मौलिक रुपमा तयार पारिएको गीतमा किरण चापागाँइको आवाज रहेको छ । गोपीकृष्ण लामिछानेको शब्दमा तयार पारिएको गीतमा शुलभ पाण्डेको सशक्त अभिनय रहेको छ ।
गीतमा गायक स्वयंले लय सिर्जना गरेका छन भने म्युजिक भिडियोको किरण मगरले निर्देशन गरेका छन ।

हेर्नुहोस यो भिडियो ।

https://youtu.be/jOEyoLpthDA

 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर