10.1 C
Kathmandu
 

प्रतीक थापालाई थुनामा पठाउन आदेश

काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला अदालत काठमाण्डाैका न्यायाधीश शकुन्तला कार्कीको इजलासले आज पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई थुनामा पठाउन आदेश दिएको हो ।

थापालाई नेपाल प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीले गएको शुक्रवार पक्राउ गरेको थियो । उनी भुटानी शरणार्थी प्रकरणमा फरार रहँदै आएका थिए ।

शुक्रवार नै विशेष ब्युरोको टोलीले बेचन झालाई पनि पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाण्डाैले उनीविरुद्ध पूरक अनुसन्धान गर्ने तयारी गरेको छ । शुक्रवारदेखि लागू हुने गरी सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर