27.1 C
Kathmandu
 

सोडारीलाई सामाजिक विकास मन्त्रीबाट बर्खास्त गरिएपछि सुवेदीले खाए सपथ

कार्तिक २७, धनगढी – सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका कृष्ण सुवेदीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

मंगलबार दिउँसो सामाजिक विकास मन्त्रीमा नियुक्त भएका सुवेदीलाई प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनिजयताको सपथ खुवाएका हुन् ।

प्रदेश प्रमुख मोहनराज मल्ल, सभाभुख अर्जुन थापा लगायतको उपस्थितिमा सुवेदीको सपथ ग्रहण भएको हो ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ बाट निर्वाचित सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई बर्खास्त गरिएपछि सोही निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट निर्वाचित सुवेदी मन्त्री बनेका हुन् ।

उनी कांग्रेसका हिरादत्त भट्टलाई ४ हजार २ सय १९ मत अन्तरले पराजित गरेर विजयी भएका थिए । तत्कालिन नेकपा एमाले कैलालीका सचिवालय सदस्य रहेका सुवेदी स्पष्ट वक्ताका रुपमा चिनिन्छन ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर