23.1 C
Kathmandu
 

भाँडियो तीन टुक्रे राप्रपाको एकता प्रक्रिया

काठमाडौं, २६ कार्तिक । अन्ततः राजतन्त्रका विषयमा सहमति नजुटेपछि तीनवटा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता प्रक्रिया भाँडिएको छ । निर्वाचन चिह्न गाई राख्ने विषयमा पनि सहमति हुन सकेको छैन ।

कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीचको एकता प्रक्रिया अवरुद्ध भएको हो ।
कमल थापा अध्यक्ष रहेको राप्रपाले राजसंस्था र चुनाव चिन्ह गाई राख्ने विषयमा अडान लिएका कारण अरु दुई पार्टी एकाता प्रक्रियाबाट हच्किएका हुन् । थापा नेतृत्वको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सैद्धान्तिक विषयमा आएर एकता प्रक्रिया अवरुद्ध भएको जानकारी दिनुभयो ।

गाई निर्वाचन चिह्न लिएको राप्रपा २०७० सालको संविधानसभाको निर्वाचनमा देशको चौथो ठूलो पार्टी बनेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीको कार्यसम्पादन समितिको बैठकबाट निर्णय लिने भन्दै एकता प्रक्रियामा तत्काल सहभागी हुन नसकिने बताउनु भएको स्रोतले जनाएको छ । सैद्धान्तिक रूपमा कुरा नमिलेपछि यसअघि एउटै पार्टी फुटेर तीन टुक्रा भएका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर