काठमाडौं । चलचित्र प्रसाद २ को हिसाव किताव नबुझाएको आरोप लगेका चलचित्र निर्देशक सुदर्शन थापा यतिबेला नयाँ चलचित्र रावायणको छायाँकनमा छन् । यिनै निर्देशक बिरुद्ध जिल्ला अदालत काठमाडौंमा आईतबार १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपको मुद्दा दायर भएको छ । पशुपति प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले उनी बिरुद्ध प्रहरी वृत्त बौद्धमा उजुरी दिएका थिए ।
प्रहरी वृत्त बौद्धले जिल्ला सरकारी वकिल कार्यालयलाई राय प्रतिवेदन बुझाएको थियो । सोही राय प्रतिवेदनको आधारमा सरकारी वकिलले आइतबार निर्देशक सुदर्शन थापा बिरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।राजधानि दैनिकमा खबर छ ।
निर्माता सुदर्शन बस्नेतले आफुबाट निर्देशक थापाले विश्वासघात गरेर लाभ लिएको दाबी सहित मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा ९१० अनुसारको कसुर गरको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेका हुन् ।
निर्देशक थापा २३ जेठमा हाजिरी जवानीमा प्रहरी कार्यलय बौद्धबाट छुटेका हुन् । उनलाई २१ जेठमा प्रहरी वृत्त मालीगाउँले पक्राउ गरेर थियो । त्यसपछि उनलाई प्रहरी वृत्त बौद्धमा राखेर अनुसन्धान गरिएको थियो । यो मुद्दामा थापासहित पनि प्रतिवादी बनाइएको छ ।
यो निर्माता बस्नेतले सुदर्शन थापा सहित यो प्रकरणमा ओएसआर डिजिटलका ओम प्रकाश अग्रवाल र यो चलचित्रका निर्देशक मिलन श्रेष्ठ बिरुद्ध पनि उजुरी दिएका छन् । यता ओम प्रकाश अग्रवालले आफुसँग सम्बन्धि निर्मातासँग यो फिल्म किन्ने समयमा गरेको सम्पूर्ण सम्झौताको कागज भएको बताएका छन् । पटक पटक निर्माता फेरिनु आफ्नो गल्ती नभएको उनको कथन छ ।
निर्माता बस्नेतको दाबी अनुसार सुदर्शन थापा र मिलन श्रेष्ठले उनलाई जानकारी नगराई यो फिल्मको राईट डिजिटल कम्पनीलाई बेच्ने काम गरियो । यो फिल्म ओएरआर डिजिटल कम्पनीलाई मिलनको सहयोगमा सुदर्शनले बेचेको भन्ने’दयगतमा निर्माता बस्नेले उजुरी दिएका हुन् ।
यो फिल्मले नेपालमा त्यतिबेला करिब ८० लाख रुपैयाँको व्यापार सिनेमा हलमा गरेको थियो । तर डिजिटल राईट्स बिक्री र बिदेश प्रदर्शन सहित आफुलाई डेढ करोड घाटा हुने दाबी निर्माता सुदर्शन बस्नेतको छ । यता मोवाईल स्विच अफ भएका कारण यो विषयमा सुदर्शन थापासँग कुरा हुन पाए ।