7.7 C
Kathmandu
 

जुन २३ मा अभिनेता जहीर इकबालसँग विवाह गर्दे सोनाक्षी सिन्हा

काठमाडौँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हाले जुन २३ मा अभिनेता जहीर इकबालसँग विवाह गर्ने भएकी छन् । दुवैले कोर्ट म्यारिज गर्ने मिडिया रिपोर्टमा बताइएको छ । त्यसपछि सोही दिन साँझ मुम्बईको दादरस्थित बास्टन रेस्टुरेन्टमा रिसेप्शन पार्टी हुनेछ ।

मिडिया रिपोर्टका अनुसार जुन २२ मा इन्गेजमेन्ट हुने र अर्को दिन विवाह र साँझ रिसेप्शन हुने छ ।

जहीरले आफ्नो र सोनाक्षीको विवाहको पहिलो निमन्त्रणा सलमान खानलाई पठाएको उनका मेकअप आर्टिस्टले बताएको रिपोर्टमा उल्लेख छ । राजधानि दैनिकमा खबर छ ।

सोनाक्षी र जहीर ७ वर्षदेखि रिलेशनशिपमा छन् । दुबैको पहिलो भेट सलमान खानको पार्टीमा भएको थियो । केही समयको मित्रतापछि दुवै जना सम्बन्धमा आएका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर