27.1 C
Kathmandu
 

दोहा वार्तामा अफगानिस्तान सहभागी हुने

काबुल, असार । कतारको राजधानी दोहामा हुने अफगानिस्तानसम्बन्धी तेस्रो चरणको वार्तामा तालिवान अधिकारीहरू सहभागी हुनेभएका छन् ।

संयुक्त राष्ट्रसङ्घले आयोजना गरेको अफगानिस्तानका लागि विशेष दूतहरूको दुई दिने सम्मेलनमा तालिवान अधिकारीहरूको सहभागिता र पहिलो चरणमा समावेश नभएपछि र त्यसपछि फेब्रुअरीमा दोस्रो चरणको निमन्त्रणा अस्वीकार गरेपछि उनीहरूको सहभागितामाथि शङ्का गरिएको थियो ।

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले जुन ३० देखि सुरु हुने वार्ताबारे आइतबार एएफपीसँग भने, “अफगानिस्तान (इस्लामिक इमिरेट्स)को एक प्रतिनिधिमण्डलले आगामी दोहा सम्मेलनमा भाग लिई आफ्नो धारण व्यक्त गर्नेछन् ।”

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर