29.1 C
Kathmandu
 

आफ्नै प्रिमियरमा हराएकी साम्राज्ञी फेशन शोमा

काठमाडौं । यतिबेला प्रदर्शन भईरहेको चलचित्र लण्डन टु पेरिसको प्रिमियर पाँच दिन अघि काठमाडौंका कमलपोखरी स्थित बिग मूभिजमा गरिएको थियो। प्रिमियरमा अन्य अतिथिलाई ५ः३० मा बोलाईएको भए पनि अभिनेत्री साम्राज्ञी सहित यो चलचित्रका बाँकी कलकार ६ः४० मा हलमा पुगे । प्रिमियर शोमा पुगेर साम्राज्ञीले स्टेजमा सञ्चारकर्मी र अतिथिलाई सम्बोधन गरिन् । तर यी अभिनेत्रीले टिमसँग बसेर प्रिमियरमा चलचित्र लण्डन टु पेरिस हेरिनन् । तत्कालै कार्यक्रम स्थलबाट निक्लेकी उनी टिजेआईएफ फेशन शोमा फेशन प्रस्तुत गर्न पुगेकी हुन् ।

चलचित्रका कलाकारहरुलाई आफ्नो चलचित्रको पहिलो प्रदर्शन अर्थात प्रिमियर शोले निकै अर्थ लाग्छ । चलचित्र हेरेपछि कलाकारसँग सञ्चारकर्मीदेखि अतिथिसम्मले साक्षात्कार गर्छन । तर अभिनेत्री साम्राज्ञीका लागि लण्डन टु पेरिसको प्रिमियरले अर्थ राखेन् । आफुले बेलायत पुगेर छायाँकन गरेको र शिर्ष भूमिका निर्वाह गरेको यो चलचित्रको प्रिमियर छाडेर उनी सोही साँझ फेशन शोमा राईनो लेदरको फेशन प्रस्तुत गर्न पुगिन् ।राजधानि दैनिकमा खबर छ ।

अभिनेत्री साम्राज्ञीले प्रिमियर छाडेर फेशन शोमा गएपछि उनी अभिनेत्री हुन की मोडल भनेर प्रिमियरको समापनमा निर्माण पक्षले नै प्रश्न उठाईरहेका थिए । प्रिमियरमा अतिथिदेखि सञ्चारकमीसम्मले साम्राज्ञीलाई खोज्दा निर्माणपक्ष जवाफ बिहिन भएका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर