27.1 C
Kathmandu
 

कुवेतमा कामदार बस्ने भवनमा आगलागी हुँदा कम्तीमा ४१ को मृत्यु

काठमाडौं । कुवेतको मङ्गाफ सहरमा कामदार बस्ने भवनमा आगलागी हुँदाकम्तीमा ४१ जनाको मृत्यु
भएको छ । घटनामा परी दर्जनौं घाइते भएका छन् ।

मृत्यु हुनेमा आप्रवासी कामदार भएको बताइए पनि उनीहरु कुन देशमा हुन् भन्ने खुलेको छैन । कुवेतको आन्तरिक मन्त्रालयले एनबीटीसी कम्पनीमा कार्यरत कामदार बस्ने क्याम्पमा आगलागी भएको जनाएको छ ।

क्याम्पको तल्लो तलको एउटा कोठामा राखिएको सिलिण्डर बिष्फोट भएर आगो सल्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कुवेतमा नेपालीहरु पनि कार्यरत छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर