19.1 C
Kathmandu
 

मधेस सरकार जोगाउने विपक्षी दलको प्रस्तावमा माधव नेपाल सकारात्मक

काठमाडौं । मधेस प्रदेश जोगाउन विपक्षी दल एकमत हुने भएका छन् । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको विपक्षी दलको बैठले मधेस प्रदेश सरकार जोगाउन एकैठाउँमा उभिने निर्णय गरेका हुन् ।

छलफलमा सहभागी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस सरकार जोगाउन प्रतिपक्षमा रहेका दलहरू एक ठाउँमा उभिने बताए । उनले राष्ट्रिय राजनीतिमा पनि अब एकीकृत समाजवादीसहित प्रतिपक्ष दलहरू एकजुट भएर अघि बढ्ने बताए ।

उनले प्रतिपक्ष राजनीतिक दलहरू एक हुने सहमति भएको बताए । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले बैठकमा मधेस सरकारलगायतका विषयमा छलफल भएको जानकारी दिए ।

उनले मधेस सरकार मात्र नभई देश नै गन्जागोल भएको बेला कसरी निकास दिने भन्ने विषयमा छलफल भएको बताए । बैठकमा कांग्रेस सभापति देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर सहभागी थिए ।

मधेसमा केन्द्रकै गठबन्धन अनुसार सरकार बनाउन एमाले र माओवादी केन्द्रले गरेको प्रयास एकीकृत समाजवादीले साथ नदिएपछि सफल हुन सकिरहेको छैन । मुख्यमन्त्री यादवले २३ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर