तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ गते गरिने भएको छ । उच्च अदालतले जेठ १ गते गरेको फैसलाको पूर्णपाठ बिहीबार मात्रै जिल्ला निर्वाचन कार्यालय तनहुँ लगायतका विपक्षीलाई दिएको छ । फैसलाको पूर्णपाठमा असार २ गते बिहान मत गणना गर्ने समय तोकिएको हो ।
२०७९ बैशाख ३१ गते सम्पन्न निर्वाचनमा कांग्रेसका उम्मेदार वैकुण्ठ न्यौपाने विजयी भएका थिए । उनले पद सम्हालेको २ वर्षपछि उच्च अदालत पोखराले पुनः मतगणना गर्नुपर्ने फैसला सुनाएको हो । मेयरका उम्मेदवार दीपकराज जोशीले धाँधली गरेर कांग्रेसका उम्मेदवार न्यौपानेलाई निर्वाचित घोषणा गरिएको भन्दै २०७९ जेठ १२ गते पुनः मतगणनाको माग गरेर उच्च अदालत पोखरामा रिट दिएका थिए ।