7.8 C
Kathmandu
 

विराज भट्टको निर्माण तथा निर्देशनमा चलचित्र ‘१२ गाउँ’को निर्माण सुरु,उनका छोरा समीर नै नायक

काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा चलचित्र ‘१२ गाउँ’को निर्माण सुरु भएको छ । यो चलचित्रको मँगलारबाट छायाँकन सुरु भएको हो । छायाँकन अघि चलचित्रको सोमबार ललितपुरस्थित हात्तीबनमा शुभमुहूर्त गरियो ।

यो चलचित्रमा अभिनेता विराज भट्ट आफैं मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । जसमा उनको नायिकाको रुपमा नव अभिनेत्री न्यान्सी खड्का रहेकी छिन् । उनी पूर्वमिस नेपाल इन्टरनेशनल हुन् ।

यही चलचित्रबाट बिराजले आफ्ना छोरा समीर भट्टलाई नेपाली चलचित्र उधोगमा नायकको रुपमा उतार्ने भएका छन् । विराजका छोरा समीरले लामो समयदेखि मुम्बई बसेर अभिनय, नृत्य, मार्सल आर्ट तथा द्वन्द्व सिकेर नेपाल आएका हुन् । यो चलचित्रमा समीरको नायिकाको रुपमा सनिशा भट्टराईलाई लिईएको छ । सनिशाले दर्जनौं म्यूजिक भिडियोमा काम गरिसकेकी छन् ।

१२ गाउँको छायाँकन बीरगञ्जबाट सुरु थालिएको छ । यो चलचित्रको अरु कलाकारमा मुरलीधर, कालु राना, सन्तोष सरकार, शुलेमान शंकर ‘इकु’ लगायतका पनि कलाकारको पनि अभिनय रहनेछ । यो चलचित्रको छायाँकारमा महेश पौडेल रहेका छन् । यो चलचित्रको विरगञ्जपछि बाँकी छायाँकन हेटौंडा र काठमाडौंमा गरिने यसका प्रोडक्सन म्यानेजर सुवास काफ्लेले जानकारी गराएका छन् ।राजधानि दैनिकमा खबर छ ।

यो चलचित्र एक्सन–थ्रिलर कथामा निर्माण हुँदैछ । यो चलचित्रको लागि विराजले द्धन्द्ध निर्देशकको टिमलाई भारतबाट झिकाएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भाको सिनेमामा द्वन्द्व निर्देशन रहने छ । उनी चलचित्रमा खल चरित्रमा पनि हुनेछन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर