साउदी अरेबियाका प्रिन्स मोहम्मद बिन सलमानले परमाणु रियाक्टर बनाउने योजनाको औपचारिक घोषणा गरेका छन् ।
साउदी अरेबियाको समाचार संस्थाको एएफपीका अनुसार क्राउन प्रिन्स मोहम्मदले सोमबार परमाणु रियाक्टर योजनाको घोषणा गरेका हुन् ।
क्राउन प्रिन्सले यो परमाणु रियाक्टर कस्तो हुन्छ भन्ने बारे बताएका छैनन् । जानकारी बाहिर भने ल्याइएको छैन । यसको प्रयोग अनुसन्धान, विकास या शैक्षिक प्रयोजन या अन्य केका लागि हुन्छ भन्ने बारेमा पनि केही बताइएको छैन ।
साउदी अरेबियाले आउँदो दुई दशकमा १६ वटा परमाणु रियाक्टर बनाउने योजना रहेको बताएको छ । यसका लागि झण्डै ८० अर्ब अमेरिकी डलर खर्च हुने बताइएको छ ।