काठमाडौं, १९ कार्तिक । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको बैठक भोलीका लागि डाकेको छ ।
आगामी मंसिर ५ देखि ९ गतेसम्मका लागि तय भएको महासमिति बैठक चाडपर्वको व्यस्तताका कारण नहुने भएपछि दुई हप्ताका लागि सार्ने विषयमा छलफलकालागि बैठक बोलाएको एक नेताले बताएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएकाे जानाकारीअनुसार भोली दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको छ ।