25.1 C
Kathmandu
 

ख्याहा पाल्पा काठमाडौँ समाजद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

ख्याहा पाल्पा काठमाडौँ समाजको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वको अवसर पारि समाजले काठमाडौँको थापाथलीमा ख्याहा,पाल्पाबाट काठमाडौँ आएर विभिन्न पेशा ब्यवसायमा संलग्न ब्यक्तीहरुको बिचमा शुभकामना आदान प्रदान तथा चियापान गरेको हो । समाजका अध्यक्ष हिमलाल पराजुलीको अध्यक्षता र ख्याहाका समाजसेवी रामजी भट्टराईको प्रमुख आतीथ्यमा सम्पन्न कार्यक्रममा सहभागि सदस्यहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रममा ख्याहाको बिकासमा समाजले खेल्नुपर्ने भुमिकाका विषयमा छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी समाजसेवी भट्टराईले ख्याहाको बिकासका लागी समाजले पहलकद्मी लिईरहेको र आगामी दिनमा समाज अझै सक्रिय भएर लाग्नेमा आफु र सम्पुर्ण ख्याहावासी आशावादी भएको बताउनुभयो ।

समाजका अध्यक्ष हिमलाल पराजुलीले ख्याहाको सामाजीक,सांष्कृतीक र पर्यटकीय बिकासका लागी समाजले नयाँ कार्ययोजना अगाडी सारेको बताउनुभयो ।

शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सल्लाहकार माधव पाण्डेले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष कृष्ण पाण्डेयले गर्नुभएको थियो । आफ्नो स्थापनाकालदेखी नै समाजले हरेक बर्ष दशैँ र तिहारको समयमा चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर