24.1 C
Kathmandu
 

सरकार ‘फूल फ्लेज्ड गियर’मा चल्नेवाला छः प्रचण्ड

१७ कात्तिक, बुटवल । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कामको गति तीव्र हुने बताएका छन् । बुटवलमा अायोजित कार्यक्रममा सरकार गठनपछिको केही समय अप्ठेरो रहेको भन्दै अब सजिलो परिस्थिति आएकाले सरकार ‘फूल फ्लेज्ड’मा काम गर्ने दावी गरे ।

‘त्यतिबेला वर्षाको बेला थियो, पिच गर्न नि नपाइने । अरु काम गर्न पनि अप्ठेरो, त्यसैले सरकारको गाडी एक नम्बर गियरमा राखेर चलाउनुपर्‍यो, उनले भने,’ अब मौसम फेरिएको छ । अब गाडी २-३ नम्बर गियर हिँडछ । फूल फ्लेज्डमा चल्नेवाला छ । कसैले रोक्न सक्दैन ।

उनले सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन धेरै ध्यान दिनुपरेकाले कामको गति थोरै सुस्त भएको तर्क गरे । उनले अब सरकारले जनअपेक्षा अनुरुप काम गर्ने भन्दै उनले सबैले सहयोग गर्नुपर्ने बताए ।

उनले पार्टी एकीकरणको प्रक्रिया टुंग्याउन केही ढिलाई भएको स्वीकार्दै विवादका कारण ढिलाइ भयो भनेर दुष्प्रचार भइरहेको बताए । नेपाल अब ‘ल्यान्ड लक्ड कन्ट्री नरहेको तर्क गर्दै उनले चीनसँगको पारवाहन सम्झाैंतापछि नेपाल ‘ल्याण्ड लिंक्ड कन्ट्री’ बन्ने दावी गरे ।

दाहालले अबको युग विकासको युग भएको समेत बताए । सरकारले काम गर्न सकेन भनेर र विभिन्न विवाद देखाएर प्रतिक्रियावादीहरुले तिललाई पहाड बनाएको आरोप लगाए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर