8.1 C
Kathmandu
 

आधुनिकतासँगै तिहारमा आएको परिवर्तन

काठमाडौँ, १७ कात्तिक । तिहारको मौलिक र सांस्कृतिक पक्ष आधुनिकतासँगै पहिलेभन्दा धेरै कुराले फरक आएको छ ।आधुनिकतासँगै तिहार पर्वमा अनेक खालका विकृति थपिन थालेका छन् । नेवारको म्हः पूजाको मण्डप र भाइपूजाका बेला राखिने तेलको रेखीले दीर्घायुको कामना गर्ने संस्कृतिविद् तथा भाषाविद् गणेशराम लाछी बताउँछन् ।

‘परम्परा वा वैदिक तरिकाले पूजा गर्ने, अष्ट चिरञ्जीवीलाई आह्वान गर्ने परम्परा करिब उस्तै छ, तर पूजामा प्राकृतिक फूलभन्दा कृत्रिम प्लास्टिकका फूल र झल्लरको प्रयोग बढेको छ, यो त्यति उचित होइन,’ लाछीको अनुभव छ । उनका अनुसार उहिले प्राकृतिक फूल र खनिजले टीका बनाइन्थ्यो तर अहिले त्यो लोप भइसकेको छ ।

‘अहिले टीका नै बनावटी भएको छ,’ लाछी थप्छन्, तिहारमा सगुनका रूपमा आदानप्रदान गरिने ओखर, कटुस, बदाम, बयरजस्ता फलको स्थान अहिले चकलेट, बिस्कुट आदिले लिदा मौलिकतामा ह्रास आएको छ । गोरखापत्र दैनिकबाट..

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर