नेपाल बैंक (NBL) ले ३९६ जना कर्मचारीको माग गर्दै आवेदन खुल्ला गरेको छ । बैंकले सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्मको पदको लागि आवेदन माग गरेको हो । बैंकले खुलाएको सबै पदमा आवेदन भने अनलाइन मार्फत दिनुपर्ने छ ।
सहायक प्रबन्धकमा खुल्लातर्फ ४३ र समावेशीतर्फ ३५ जना कर्मचारी माग गरेको छ भने सहायक प्रबन्धकमा खुल्लातर्फ १ र समावेशीतर्फ १ जना माग गरेको छ ।
बैंकले ७ वटै प्रदेशका लागि सहायक पदमा ठूलो मात्रामा कर्मचारी माग गरेको छ । जसमा प्रदेश नं १ अन्तर्गतका शाखा कार्यालयका लागि खुल्लातर्फ २३ र समावेशी समूहतर्फ १८ जना माग गरिएको छ ।
त्यस्तै प्रदेश नं २ अन्तर्गतका शाखाका लागि खुल्लातर्फ २८ र समावेशी समूहतर्फ २३ जना, प्रदेश नं ३ अन्तर्गतका शाखा कार्यालयका लागि खुल्लातर्फ ३२ र समावेशी समूहतर्फ २६ जना, गण्डकी प्रदेश अन्तर्गतका शाखाका लागि खुल्लातर्फ १९ र समावेशी समूहतर्फ १५ जना माग गरिएकाे छ ।
त्यसैगरि प्रदेश नं ५ अन्तर्गतका शाखाका लागि खुल्लातर्फ २४ र समावेशी समूहतर्फ १९ जना, कर्णाली प्रदेश अन्तर्गतका शाखाका लागि खुल्लातर्फ ११ र समावेशी समूहतर्फ ९ जना र सुदुरपश्चिम शाखाका लागि खुल्लातर्फ ११ र समावेशीतर्फ ९ जना माग गरिएको छ ।
साथै कनिष्ठ सहायक पदका लागि पनि सातै प्रदेशमा कर्मचारी माग गरिएको छ । प्रदेश १ मा ९ जना, प्रदेश २ मा ९ जना, प्रदेश ३ मा १५ जना, गण्डकीमा ५ जना, प्रदेश ५ मा ५ जना, कर्णालीमा ३ जना र सुदूरपश्चिममा ३ जना माग गरिएको छ । आवेदकले मंसिर ६ गतेसम्ममा अनलाइन मार्फत आवेदन दिनुपर्नेछ