19.1 C
Kathmandu
 

५ सयभन्दा बढी नायब सुब्बा पदका लागि जागिर खुल्याे

काठमाण्डाै – लोकसेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि झण्डै पाँच सय पदमा विज्ञापन खुलाएको छ ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि बुधबार पाँच सय ४८ पदमा विज्ञापन खुलाएको हो । यो पदका लागि माघ १० गतेसम्म दरखास्त दिन सकिने लोक सेवा आयोगको कार्यालयले जनाएको छ ।

त्यस्तै दोब्बर दस्तुर तिरेर माघ २१ गतेसम्म दरखास्त दिन सकिनेछ । लोकसेवा आयोगको काठमाण्डाै, धनकुटा, जलेश्वर, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिनेछ ।

दरखास्त फारम लोक सेवा आयोगको वेबसाइट www.psc.gov.np बाट डाउनलोड गर्न सकिने छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर