10.1 C
Kathmandu
 

प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित बर्खास्त

काठमाडौं, १६ कार्तिक । प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित पदमुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी ओलीसँगको सल्लाहपछि मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री स्थापितलाई बर्खास्त गर्ने निर्णय गर्नुभएको हो ।

मुख्यमन्त्री पौडेलले हिजो प्रधानमन्त्री ओलीसँग यस बिषयमा सल्लाह गर्नुभएको थियो । स्थापितलाई हटाउने कुरामा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएपछि मुख्यमन्त्री पौडेलले मन्त्री स्थापितलाई बर्खास्त गरी स्थापितले सम्हाल्दै आएको भौतिक योजना मन्त्रालयको जिम्मेवारी आफैंले लिनुभएको छ । बुधबारको प्रदेश मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच भनाभन भएपछि विस्थापितलाई बर्खास्त गर्ने तयारी भएको थियो ।

मन्त्रिपरिषदको दोस्रो वरियतामा रहनुभएका स्थापितमाथि जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक-पटक अपमान गरेको आरोप लाग्दै आएको थियो ।

बुधबारको मन्त्रिपरिषद बैठकमा पनि मु्ख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको विचार व्यक्त गरेपछि स्थापितले अभद्र व्यवहार गर्नुभएकाे बताइएकाे छ ।

१३ अर्ब बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले खासै काम अगाडि बढाउन सकेको छैन । मुख्यमन्त्री पौडेल मन्त्री स्थापितको बुधबारको व्यवहारबाट अत्यन्त आक्रोशित हुनुभएकाे थियाे । ‘नरम र शिष्ट स्वभावका मुख्यमन्त्री पौडेल स्थापितको व्यवहारबाट अत्यन्त आक्रोशित हुनुभएकाे थियाे । मन्त्री स्थापितले भने आफ्नो अलि ठूलो स्वर भएको तर अभद्र व्यवहार नगरेको बताउनु भएकाे थियाे ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर