20.1 C
Kathmandu
 

कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिन पनि ईलाम २ को उपनिर्वाचन जित्नै पर्छ : डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिन पनि ईलाम-२ को उपनिर्वाचन जसरी पनि कांग्रेसले जित्नै पर्ने बताएका छन् ।

“कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरु चिन्तित छन् । सबैको मनोबल बढाउनु पर्ने छ । हाम्रा लागि यो उप निर्वाचन प्रतिष्ठाको बिषय भएको छ”- कोइराला भने ।

कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न ईलाम पार्टीका सबै तहलाई निर्देशन पनि दिए ।

उपनिर्वाचनको प्रचारका लागि ईलाम पुगेका कोइरालाले जतिजना आकांक्षी भएपनि टिकट एकजनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताहरुले मन दुखाउँन नहुने बताए ।

कोइरालाले यो उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकैबाट हेरिरहेको भन्दै कांग्रेसका हरेक कार्यकर्ताले म नै उमेदवार हुँ भनेर निर्वाचनमा लाग्न समेत निर्देशन दिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर