23.1 C
Kathmandu
 

२० वर्षदेखि पदमा रहेका सिंगापुरका प्रधानमन्त्रीद्वारा पद त्याग गर्ने घोषणा

काठमाडौं । सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले सोमबार मे १५ मा राजीनामा दिने बताएका छन् । यससँगै उनले आफ्नो स्थानमा उपप्रधानमन्त्री लरेन्स वोङलाई नियुक्त गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा पद हस्तान्तरणको मिति घोषणा गरिएको हो ।

प्रधानमन्त्री कार्यालयको वेबसाइटमा जारी विज्ञप्तिमा ७२ वर्षीय लीले नेतृत्व परिवर्तन कुनै पनि देशका लागि महत्त्वपूर्ण क्षण भएको बताए। “म मे १५, २०२४ मा प्रधानमन्त्रीको पदबाट राजीनामा दिनेछु र उपप्रधानमन्त्री लरेन्स वोङले आगामी प्रधानमन्त्रीको रूपमा सपथ लिनेछन्,” विज्ञप्तिमा भनिएको छ।

ली सन् २००४ देखि सिंगापुरको तेस्रो प्रधानमन्त्री र सत्तारुढ पीपुल्स एक्शन पार्टीको महासचिवको रूपमा सेवा गर्दै आएका छन्। उनले भने, ‘लरेन्स र उनको टोलीले विशेष गरी महामारीको समयमा मानिसहरूको विश्वास जित्न कडा मेहनत गरेका छन्।’ यो सत्ता हस्तान्तरणको केही महिनापछि सिंगापुरमा चुनाव हुने विश्वास गरिएको छ ।

वोङलाई अप्रिल २०२२ मा प्राइममिनिस्टर-इन-वेटिङको रूपमा नियुक्त गरिएको थियो। यस अवधिमा सिंगापुरको राजनीतिमा एउटा दुर्लभ घटना देखियो। वोंगको अघिल्लो उत्तराधिकारीले अचानक पद त्याग्दा सिंगापुरको नेतृत्व योजना बिग्रिएको थियो । वोङ यसपछि नियुक्त भए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर