8.4 C
Kathmandu
 

भाजपाले अभिनेत्री कंगनालाई बनायो लोकसभा निर्वाचनको उम्मेदवार

काठमाडौं ।बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन्। अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो।

कंगना आफ्नो गृह प्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन्। आइतबार भारतीय जनता पार्टीले सार्वजनिक गरेको उम्मेदवारहरूको सूची अनुसार कंगनालाई लोकसभाको टिकट दिइएको छ।

कंगनाले एक दिन अगाडि नै चुनाव लड्ने सङ्केत दिएकी थिइन्। हिमाचल प्रदेशको कांगडास्थित बगलामुखी मन्दिरको दर्शन गर्न गएकी कंगनाले पत्रकारको प्रश्नको जवाफमा भनेकी थिइन्, ‘आमाले चाहनु हुन्छ भने मण्डी संसदीय सिटबाट अवश्य चुनाव लड्छु।’नेपाल समचारपत्रमा खबर छ ।

टिकट पाएपछि कंगनाले प्रतिक्रिया दिँदै भनेकी छन्( ‘मेरो प्यारो भारत र भारतीय जनता, मैले सधैँ मेरो भारतीय जनता पार्टीलाई बिना सर्त समर्थन गरेको छु। आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाचल प्रदेशको मण्डीबाट लोकसभाको उम्मेदवार बनाएको छ।’

उनले पार्टीमा औपचारिक रूपमा सामेल हुन पाउँदा आफू सम्मानित र उत्साहित भएको उल्लेख गरेकी छन्।

कंगनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा सामाजिक सञ्जाल तथा सार्वजनिक रूपमै भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको कडा समर्थन गर्दै आएकी छन्।

पछिल्लो समय फिल्ममा सफल हुन नसकेकी कंगना राजनीतिमा आउने अनुमान धेरै पहिला देखि गरिँदै आएको थियो।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर