23.1 C
Kathmandu
 

कुवेतमा गाडीको ठक्करबाट ३ नेपालीको निधन

काठमाडौं – कुवेतमा गाडीको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । सोमबार महाबुल्ला क्षेत्रको सिसाईड सडकमा कारले ठक्कर दिँदा तीन जना नेपाली नागरिकको मृत्यु भएको जनाइएको छ ।

मृत्यु हुनेमा अछामको पञ्चदेवलका सुरत बहादुर कडायत, धनुषाका धिरज गुर्मछान मगर र काठमाडौंको सानो भर्‍याङका सुजन कार्की रहेका छन । मृत्यु भएका उनीहरु कुवेतको पापाजोन कम्पनीमा कार्यरत रहेको जनाइएको छ ।

मृतकका परिवार तथा कम्पनीसँग सम्पर्कमा रहेको र आवश्यक प्रकृया पूरा गरेर शवहरु नेपाल पठाउने तयारी गरिएको नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले जनाएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर