15.1 C
Kathmandu
 

पीपीएलः पोखराको लगातार दोस्रो जीत, चितवन ५ विकेटले पराजीत

पोखरा, १२ कार्तिक् । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा घरेलु टोली पोखराले दोस्रो जित निकालेको छ । आज भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ५ विकेटले पराजित गर्दै शरद भेषवाकरको टिम पोखराले दोस्रो जित निकालेको हो ।

पोखरा रंगशालामा भएको खेलमा चितवनले दिएको १ सय ४१ रनको लक्ष्य पोखराले १७ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । पोखराको जितमा रबि इन्दर सिंले सर्वाधिक ६५ र कप्तान शरदले ३७ रन जोड्नुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभर खेल्दै ५ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । चितवनका लागि सन्नी पटेलले अविजित ४६ र कप्तान पारस खड्काले ४४ रन बनाउनुभएको थियो । जितसंगै पोखराले ३ खेलबाट ४ अंक जोडेको छ भने चितवनको यो लगातार दोस्रो हार हो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर