27.1 C
Kathmandu
 

व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न अाराेपमा थप ३जनालार्इ पक्राउ

काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अमर रानामगर, लोप्साङ लामा र रोशन बुढाथोकीलाई सोमबार कोटेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार अभियूक्त अमर रानामगर नै शरदका मूख्य सूटर थिए ।

यसअघि जिल्ला अदालत काठमाडौँले निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइसकेको छ । अदालतले गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसहित हत्यामा संलग्न राजीव स्याङ्तान, शिवजी महतो कमकर, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे, धनराज योङहाङ र सूर्यबहादुर बाजीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या भएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर