19.1 C
Kathmandu
 

आफूभन्दा २६ वर्ष कान्छी युवतीसँग दोस्रो विवाह गरे अभिनेता साहिल खानले

एजेन्सी ।बलिउड अभिनेता साहिल खानले आफूभन्दा २६ वर्ष कान्छी युवतीसँग साथ दोस्रो विवाह गरेका छन्। यस कुराको जानकारी उनी आफ“ैले सामाजिक सञ्जालमार्फत दिएका हुन्।

साथै, एक सञ्चार माध्यमसँगको कुराकानीका क्रममा उनले आफ्नो दोस्रो विवाहबारे केही कुराकानी गरेका छन्। आफू रुसमा गएर ती रुसी युवतीका साथ कानुनी रूपमा विवाह गरेको र केही समयपछि आफ्नो रीतिरिवाजअनुसार विवाह गर्ने उनले कुराकानीमा बताएका छन्। साहिल ४७ वर्षका हुन् भने उनकी पत्नी केवल २१ वर्षकी हुन्।नेपाल समचारपत्रमा खबर छ ।

‘उनी निकै बुद्धिमानी छिन् साथै उनी मभन्दा निकै सानी भएका कारण संवेदनशील पनि छिन्। तर, उनको उमेरका अन्य युवतीभन्दा निकै परिपक्व र शान्त स्वभावकी छिन्,’ आफूभन्दा २६ वर्ष कान्छी पत्नीको बारेमा उनले भनेका छन्।

साहिलको पहिलो विवाह इरानी मूलकी नर्वेजियन अभिनेत्री निगार खानका साथ सन् २००४ मा भएको थियो। जो बलिउडमा आइटम डान्समा जमेकी थिइन्।

निगारसँग सन् २००५ मा सम्बन्ध विच्छेद भएको थियो ।उनले सम्बन्ध विच्छेद भएको लामो समयपछि दोस्रो विवाह गरेका हुन्। पछिल्लोसमय फिल्मदेखि टाढै रहेका साहिल दोस्रो विवाहका कारण चर्चामा छन्।

व्यापार व्यवसायका क्रममा दुबईमा रह“दै आएका साहिलले आफू छिट्टै नै स्टाइल रिटर्नस्नामक फिल्ममार्फत बलिउडमा कम ब्याक गर्न लागेको र त्यसको कास्टिङको काम भइरहेको बताएका छन्।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर