27.1 C
Kathmandu
 

सुधार आयो प्रधानमन्त्री ओलीको स्वास्थ्यमा

काठमाडौं, ११ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आज जारी गरेको प्रेस वक्तव्य अनुसार हाल ज्वरो नियन्त्रणमा आई प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको हो ।

प्रधानमन्त्रीको स्वास्थ्यमा पूर्ण सुधार आएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने पनि प्रेस वक्तव्यमा उल्लेख छ । प्रधानमन्त्री ओली मौसमी रुघाखोकी र हल्का ज्वरोबाट अस्वस्थ भएका कारण चिकित्सकको सल्लाह बमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आराम गरिरहनुभएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर