7.8 C
Kathmandu
 

अमेरिकामा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु

अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग इलाकामा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ ।

ती बन्दुकधारी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । ती बन्धुकधारीको परिचय भने खुलाइएको छैन, यद्यपी  अमेरिकी सञ्चार माध्यमहरुले ती बन्धुकधारी ४६ वर्षीय रोबर्ट बोवर्स रहेको उल्लेख गरेका छन् ।

यो घटना स्थानीय समयअनुसार शनिबार बिहान १० बजे भएको प्रहरीले जनाएको छ ।

ट्री अफ लाइफको आधिकारीक वेबसाइटका अनुसार जतिबेला हमला भएको थियो त्यतिबेला त्यहाँ प्रार्थना चलिरहेको थियो।

 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर