10.1 C
Kathmandu
 

दशैं पछिको पहिलो कारोबार दिनमै नेप्सेमा हरियाली, वाणिज्य बैंकहरुको अधिक कारोबार

काठमाडौं : दशैँपछि खुलेको शेयर बजारले लगानीकर्तालाई उत्साहीत बनाएको छ। आज शेयर बजार मापक सूचक ४.८९ अंकले बढेर १२४६.५२ अंकमा उक्लिएको छ भने सेन्सेटिभ ईन्डेक्स १.१८ अंकले बढेर २६५.२८ अंकमा पुगेको छ।आज सूचक बढेको भएपनि कारोबार रकम भने ह्वात्तै घटेको छ। आज १२४ कम्पनीको १४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो।

दशैँअघिको अन्तिम कारोबारमा ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो। आज सबैभन्दा बढी प्रभु बैकको शेयर खरिद बिक्री भयो।

तीन करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार गर्दै बैकले कारोबार रकमको आधारमा अग्रता लिएको हो।

आइतबार बार्षिक नवीकरण शुल्क नबुझाएका सूचिकृत कम्पनीको नेप्सेले कारोबार स्थगन गरेको थियो। जसका कारण धरै कम्पनीको कारोबार हुन नपाउँदा कारोबार रकममा असर परेको एक ब्रोकर कार्यालयमा कार्यरत कर्मचारीले जानकारी दिए।

यसैगरी लगानीकर्ता दशैँको माहौलमै रहेकोले कारोबार रकम घटेको उनको विश्लेषण छ।

पछिल्लो समय लगानीकर्ताले वाणिज्य बैँक समूहको शेयर खरिद बिक्री बढाएका छन्। आईतबार पनि उच्च कारोबार हुने १० कम्पनीमा सबै वाणिज्य बैँक समूहकै परेका छन्।

दशैँ अघिका केही कारोबार दिनमा वाणिज्य बैंक समूहकै शेयर उच्च कारोबार गर्ने कम्पनीको सूचिमा पर्ने गरेका थिए।चालु आर्थिक बर्ष लागेदेखिनै लगानीकर्ताको आकर्षण वाणिज्य बैक समूहमा देखिएको छ।

आइतबार कारोबारको सुरुवात देखिनै बढेको बजार अन्तिम सम्मनै बढेर बन्द भएको हो। कारोबारको पहिलो एक घण्टा सामान्य अंकले बढेको बजारले दोस्रो घण्टापछि गति लिएको थियो। कारोबारको तेस्रो घण्टा सात अंक उक्लिदै बजारले १२४८ अंक छोएको थियो।चौथो घण्टाको समाप्तिमा सूचक १२४६ अंकमा बन्द भएको हो ।

आइतबारको बजारमा भागर्व विकास बैंकका शेयरधनीहरुले सबैभन्दा धेरै ६.२५ प्रतिशतले कमाएका छन् । यस्तै ग्रीन डेभलपमेन्ट बैंकको ५.०८ प्रतिशत, हिमालयन डिस्टीलरीको ३.८५, प्रभु बैंकको ३.३२ र पूर्णिमा विकास बैंकको शेयरमूल्य ३.१३ प्रतिशतले बढेको छ ।

यता धेरै गुमाउने कम्पनी मिर्मिरे लघुवित्तका शेयरधनीले आइतबारको बजारबाट ४.७९ प्रतिशतका दरले गुमाएका छन् । यस्तै ग्लोबल आइएमई लघुवित्तको ३.२८ प्रतिशत, राधी विद्युत कम्पनीको ३.०६, अरुण भ्याली हाइड्रोपावरको २.९८ र मेरो माइक्रो फाइनान्सको शेयरमूल्य २.३१ प्रतिशतले गिरावट भएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर