21.4 C
Kathmandu
 

अहिले ७ लाख शिक्षक लाइसेन्सधारी बेरोजगार , केहि समयको लागि शिक्षा संकाय बन्द गर्नु पर्ने -मन्त्री गिरिराजमणी पोखरेल

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले अब शिक्षा संकायको पढाइ रोक्नुपर्ने बताएका छन् । उनले शिक्षकको उत्पादन अधिक मात्रामा भएको भन्दै अब प्राविधिक शिक्षामै जोड दिनुपर्ने बताए ।

उनले शिक्षक उत्पादन गर्ने ‘उद्योग’ अर्थात शिक्षा संकायको पाठ्यक्रम र पठनपाठनमै कमजोरी रहेको उनको अाशय थियो । अब ‘उद्योग’ नै परिवर्तन गरेर सार्वजनिक शिक्षामा रुपान्तरण गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

महोत्तरीको गौशाला नगरपालिकामा उच्च शिक्षा विषयक अन्तर्किया कार्यक्रममा बोल्दै उनले भने, शिक्षक ‘शिक्षक’ जस्तै हुनुपर्छ, न की पुरानो ढंगको शिक्षक ।’ पुरानो शिक्षा पद्धति पनि भत्काउनुपर्ने भन्दै उनले नयाा पद्धति बनेमात्रै सामुदायिक विद्यालय रुपान्तरण हुने तर्क राखे ।

‘एउटा मास्टरले मात्रै पढाएर हाुदैन, घरले समेत ध्यान दिनुपर्छ,’ उनले भने, ‘शिक्षा संकायको पढाइ अहिलेलाई रोकांै, शिक्षक उत्पादन धेरै भयो, अब प्राविधिक शिक्षामा जोड दिऔं ।’

७ लाख शिक्षक लाइसेन्सधारी बेरोजगार रहेको भन्दै उनले शिक्षा संकायको पढाइमै त्रुटि रहेको बताए ।

‘अहिले यसलाइ केही समयको लागि बन्द गरौं । २५४ विधालयमा प्राविधिक शिक्षा सुरु भैसकेको छ । श्रमलाई सीपसग जोडौं, सिपलाई उत्पादन , उत्पादनलाई समृद्धिसाग जोडौं’ उनले भने ।

हरेक विद्यार्थीले विद्यालयको पढाइ सकिादा एउटा सीप सिकेर जानुपर्ने गरी शिक्षामा रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो । ‘अब कालोपाटीमा पढाएर मात्रै हुादैन, प्राविधिक शिक्षा पढाउनुुपर्छ,’ उनले भने ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

उद्योग वाणिज्य महासंघको निर्वाचनमा १ हजार ११६ प्रतिनिधिले मतदान गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा १ हजार १ सय १६ जनाले मतदान गर्ने भएका छन् । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मुख्य...

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश- इतिहासले विरासतमा छाडेको सीमा समस्या मिलेर सल्टाऔं

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमालगायत सबै द्विपक्षीय समस्या वार्ताबाटै समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन्।नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव...

नवलपरासी (पूर्व), सुर्खेत र कञ्‍चनपुरमा ३ जना मृत भेटिए

काठमाडौं । नवलपरासी (पूर्व), सुर्खेत र कञ्‍चनपुरमा तीनजना मृत फेला परेका छन् । नवलपरासी (पूर्व) को देवचुली नगरपालिका १७, कुजौलीस्थित नारायणी नदीमा गैंडाकोट नगरपालिका...

छोरीलाई बलात्कार आरोपमा बाबु पक्राउ

कास्की । कास्कीमा आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरीलाई विगत केही वर्षदेखि अनेकौं...

पुस १८ भित्र संसद् बस्नैपर्छ, सचिवालय भन्छ– सबै तयारी छ

काठमाडौं । संघीय संसद सचिवालयले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै संसद बैठक सञ्चालन गर्ने तयारी पूरा गरेको छ । संघीय संसद सचिवालयले कोरोना संक्रमणबाट जोगिँदै...