27.1 C
Kathmandu
 

खुकुरी प्रहार गरी मोरङमा एक जना युवाको हत्या

काठमाडाैं- मोरङको पथरी शनिश्चरेमा गएराती एक जनाको खुकुरी प्रहार गरि हत्या भएको छ ।

प्रहरीका अनुसार पथरी शनिश्चरे ८ शुक्रबारेमा राती १० बजे स्थानिय २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या भएको हो ।

खड्काको हत्या गरेको अभियोगमा स्थानिय १७ वर्षीय कृष्ण विष्टलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताए ।

विष्टको साथबाट हत्या गर्न प्रयोग भएको खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर