25.1 C
Kathmandu
 

सहकर्मीमाथि यौन उत्पीडनको आरोपमा भारतका विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट राजीनामा दिए

काठमाडौं । सहकर्मीमाथि यौन उत्पीडनको आरोप लागेका भारतका विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट राजीनामा गरेका छन् ।
अंग्रेजी अनलाइन पत्रिका द क्विन्टका अनुसार ’मी टु  अभियानअन्तर्गत उनीमाथि पूर्व महिला सहकर्मीहरूले यौन उत्पीडन र दुव्र्यवहारको आरोप लगाएपछि अन्ततः उनले राजीनामा गरेका हुन् ।
अकबरले अंग्रेजी द एसियन एजको सम्पादक छँदा यौन उत्पीडन र दुव्र्यवहार गरेको आरोप महिला पत्रकारले लगाएका थिए । अकबरले आरोप लगाउनेमध्ये प्रिया रमानीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन् । यसैबीच प्रिया रमानीको समर्थनमा १९ जना महिला पत्रकार अगाडि आएपछि अकबरले राजीनामा गरेका हुन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर