विश्व मैत्रिपुर्ण फुटबलको उपाधि ब्राजिलले जितेको छ। ब्राजिलले अर्को दक्षिण अमेरिकी प्रतिद्वन्द्वि अर्जेन्टिनालाई १–० ले पराजित गर्दे उपाधि जितेको हो। अर्जेन्टिना जारी मैत्रिपुर्ण प्रष्पिर्धामा आफ्ना स्टार खेलाडीहरु लियोनेल मेसी, सर्जिओ अगुइरो, गोञ्जालो हिगुएन विना मैदानमा उत्रिएको थियाे। अर्जेन्टिनाले अधिकाशं युवा स्टारलाई विश्वास गरेको छ। खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको थियो। ब्राजिलको जितमा डिफेन्डर मिरान्डाले कर्नरमा आएको बललाई गोलमा परिणत गरेका थिए। स्टार खेलाडीबिना उत्रिएको अर्जेन्टिनाविरुद्ध नेमार, कोउटिन्हो र फिर्मिनोको आक्रामक जोडीले प्रभाव जमाउन सकेन। अधिकाशं स्टार खेलाडी नभएपनि अर्जेन्टिनाले ब्राजिललाई खेल अवधिभर रोक्न सफल भएको थियो। चर्चित खेलाडीलाई मैदानमा उतारेको ब्राजिलले अर्जेन्टिनाको युवा टोलीलाई समस्या दिन सकेन। अर्जेन्टिनाका लागि फवार्डहरुले उल्लेख्य आक्रमण गर्न नसके पनि डिबालाको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिएको थियो। त्यसअघि निकोलस ओटामेन्डीले मिरान्डाकै हेडरलाई गोललाइनबाट क्लियर गरेका थिए। अर्जेन्टिनाले विश्वकपपछि खेलेका चौथो खेलमा यो पहिलो हार हो।